अज्ञात व्यक्तिले गोठमा आगजानी लाखौंको क्षति

टेलिसा घिसिङ

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ जरंगेमा गोठमा अज्ञात व्यक्तिबाट आगलानी हुँदा ५ लाख बढीको क्षति भएको छ । सोमबार राति भएको आगलागीबाट स्थानीय प्रेमबहादुर तामाङको तीन वटा खसी, पाँच वटा बाख्रा जलेर नष्ट भएको हो ।
त्यस्तै, दुई वटा गोरु जलेर शक्त घाइते भएका छन् भने दुई वटा सामान्य घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ । आगलागीबाट गोठको संरचना पूर्ण रुपमा जलेका छन् । अज्ञात समूहले आगजानी गरेको पीडित प्रेमबहादुरको परिवारको दाबी छ । राती ९ बजेसम्म आफूहरु गोठमै रहेको, आगो बाल्ने काम नगरेको विहान गोठ जलेको अवस्थामा देखेको तामाङको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार