च्याउ सेवन गरी विरामी शर्माको मृत्यु

अन्जना राई (अन्जु)

ओखलढुंगा (सार्वजनिक) । च्याउ सेवनबाट शक्त विरामी एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । ओखलढुंगा चिशंखुगढी–७ डाँडागाउँ का २४ बर्षीया कल्पना शर्माको मृत्यु भएको हो ।
असार ७ गते आफ्नै बारीमा पलाएको च्याउन सेवनबाट विरामी परेकी शर्माको काठमाडौंमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी देवेन्द्र दासले जानकारी दिनुभयो ।
च्याउ सेवनबाट गम्भिर विरामी शर्माका श्रीमा बर्ष २६ को पर्शुराम खतिवडाको अवस्था समेत चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।
च्याउ सेवनबाट विरामी भएपछि श्रीमान श्रीमतीलाई नै काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो ।
कल्पनाको विहिबार साँझ उपचारकै क्रममा मृत्यु भएको र शवलाई आवश्यक कानूनी प्रकृया पूरा गर्न प्रहरी वृत महाराजगञ्जसँग समन्वय भई रहेको ओखलढुंगा प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार