आन्दोलन प्रभावकारी बनाउन शेर्पाको नेतृत्वमा समिति

काठमाडौं (सार्वजनिक) । प्रदेश नम्बर १ को पुनः नामांकनको आन्दोलनलाई प्रभावकारी बनाउन नेपाल शेर्पा संघले समिति गठन गरेको छ । प्रदेश पुनः नामांकन आन्दोलन प्रभावकारी बनाउन महासचिव लाक्पा शेर्पाको नेतृत्वमा समिति गठन हो ।
चैत्र २७ गते संघको संघीय कार्यालय (शेर्पा भवन) मा भएको वैठकमा महासचिव शेर्पाको नेतृत्वमा विभिन्न राजनैतिक दल सम्बद्ध जातीय संगठनका प्रतिनिधी सदस्य रहेको समिति गठन गरेको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।
प्रदेशको पुनः नामांकनको आन्दोलनलाई थप शसक्त बनाउँदै संयूक्त संघर्ष समितिको कार्यक्रमलाई जोडबल पुगोस् भन्ने हेतुले समिति गठन गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

No description available.
समितिमा जनता समाजवादी पार्टी शेर्पालुङ राष्ट्रिय समितिका अध्यक्ष दावा शेर्पा, संघीय लिम्बुवान राष्ट्रिय मञ्च निकट शेर्पा प्रन्त समितिका अध्यक्ष तेम्डी शेर्पा, माओवादी निकट शेर्पा मुक्ति मोर्चा नेपालबाट साङ्गे लामा शेर्पा, कांग्रेस निकट लोकतान्त्रिक शेर्पा संघबाट लाक्पा ठिन्ले शेर्पा लगायत सदस्य रहनु भएको छ । त्यस्तै, एमाले निकट लोकतान्त्रिक शेर्पा संघ, एकिकृत समाजवादी पार्टी निकट समाजवादी शेर्पा संघ लगायत अन्य दल निकट भातृसंगठनहरुलाई समितिमा समेट्ने जनाइएको छ ।
नेपाल शेर्पा संघका पूर्वअध्यक्ष कृपाशुर शेर्पा, शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, सभासद् आङ दावा शेर्पा, शेर्पा संघका पदाधिकारी लगायतको उपस्थितीमा बसेको वैठकले चैत्र २९ गते पहिचानको आन्दोलनका सन्दर्भमा वृहत्त भर्चुअल वैठक गर्ने समेत निर्णय गरेको संघका कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार