खिजीदेम्बामा ‘एक्स–रे’ सेवा शुरु, ‘स्थानीय खुसी’

अन्जना राई (अन्जु)

ओखलढुंगा (सार्वजनिक) । जिल्लाकोे दुर्गम क्षेत्रमै ‘एक्स–रे’ सेवा शुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । खिजीदेम्बामा निर्माणाधिन खिजीफलाटे आधारभूत अस्पतालमा ‘एक्स–रे’ सेवा शुरु भएसँगै स्थानीयहरु हर्षित भएका हुन् । स्थानीय एक घाइते बालकको हातको उपचारबाट औपचारिक रुपमा अध्यक्ष गम्बु शेर्पाले सेवा आरम्भ गर्नुभएको स्वास्थ्य प्रमुख इन्द्रप्रसाद गौतमको भनाइ छ ।
गाउँपालिकाको वडा नं. ५ मा अवस्थित अस्पतालमा यसअघि आँखा उपचार र आँखाको एक्सरे विधि शुरु भएको थियो । दुर्गम क्षेत्रमा एक्स–रे शुरुभएसँगै सामान्य चोटपटक घाइतेहरु घण्टौं धाएर सदरमुकाम ओखलढुंगा, छिमेकी जिल्ला रामेछापको मन्थली र काठमाडौं आउनुपर्ने वाध्यता हटेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

May be an image of 2 people, hospital and text that says "smil"
आर्थिक बर्ष २०७८।७९ मा गाउँपालिकाले विजियोजन गरे २५ लाख रुपैयाँ बजेटबाट एक वर्षअघि नै एक्स–रे मेसिन खरीद गरिएपनि विद्यूत आपूर्ति लगायत अन्य समस्याका कारण जडान हुन सकेको थिएन ।
केही समय अघि गाउँपालिकाले रेडियोग्राफर नियूक्ति गरेसँगै सोमबारबाट सुचारु गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बररजन मगरले जानकारी दिनुभयो । एक्स–रे सेवा सुचारु गरिएपनि पुर्ण रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने जनाइएको छ ।
अस्पतालले यसअघि अल्ट्रासाउण्ड, दिसापिसाव, इ.सी.जी, खकार र रगतको सामान्य परीक्षण सेवाहरु प्रदान गर्दै आएको छ भने एक्स–रे यन्त्रबाट हड्डी टुट्फुट भएको, हड्डी खिइएको, फोक्सो र पेटमा पानी जमे–नजमेको पत्ता लगाउन सकिने डा. चन्द्र राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार