ओखलढुंगाको चिसंखुगढीमा आगलागी

ओखलढुंगा (सार्वजनिका) । ओखलढुंगाको चिसंखुगढी गापा –५ छहरे जंगलमा आगोलागि भइरहेको छ । सालघारी जंगलमा विहानदेखि आगलागी भइरहेपनि नियन्त्रणमा आउन सकेको छैन ।
विहान १० बजेर १५ मिनेटदेखि आगलागी भएको र शेर्ना प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरीरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी देवेन्द्र दाशले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न सकेको छैन । अग्नी नियन्त्रणका लागि शेर्ना प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको ४ जनाको टोली खटिई स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिने प्रसास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार