ह्यम्स हस्पीटलमा हेलिकोप्टर दुर्घटना

काठमाडौँ — धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिरामी पुर्‍याएर फर्कने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरमा क्षति पुगेको छ ।
अस्पतालमा बिरामी पुर्‍याएर फर्कने क्रममा एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टरमा शनिबार दिउँसो २ बजे सामान्य क्षति पुगेको हो । दुर्घटनामा उक्त हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको एयर डाइनास्टीका एक कर्मचारीले जानकारी दिए ।
उक्त घटनामा मानवीय क्षति भने नभएको अस्पताल स्रोतले जनाएको छ । उक्त हेलिकोप्टर हाल अस्पतालको हेलिप्याडमै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार