भ्युटावर हैन, स्वास्थ्य र सडक चाहियोः सांसद छिरिङ

काठमाडौं (सार्वजनिक) । माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेका छन् । सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माण बजेट जाने गरेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् ।
संसदको विशेष समयमा बोल्दै सांसद लामाले विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत नभएको तर भ्युटावरका लागि बजेट विनियोजन हुने गरेकाले यस्तो वेथिति रोक्नुपर्ने माग गरेका हुन् ।

‘कतिपय जिल्लामा अझैपनि सदरमुकाम जोड्ने बाटो नभएको र कतिपय ट्रयाक खुलेपनि सडक राम्रो नभएका कारण मानवीय क्षतिसमेत भएका छन्’ सांसद तामाङले भने, ‘यस्तो अवस्थामा गाउँपालिका र सदरमुकामा पुग्ने भ्युटावर निर्माणका लागि बजेट विनियोजन नगरौँ’ ।
सरकारको पूरै ध्यान र स्रोत लगानी जिल्ला सदरमुकाम र रणनीतिक उत्तरदक्षिण जोड्ने बाटोमा मात्र गर्न माग गर्दै लामाले जुम्ला, मुगु नाग्चेलाग्ना सडकलाई समावेश गर्नुपर्नेमा जोड दिए ।
सांसद लामाले मुगु जिल्लामा सडक र स्वास्थ्यको सहज पहुँच पु¥याउन पनि सरकारसँग माग गरे । भरपर्दो स्वास्थ्य जाँचको व्यवस्था नहुँदा बिरामीले लाखौँ खर्च गरेर हेलिकप्टरमा सहर धाउनुपरेको बताउँदै सांसद छिरिङले सडकको पहुँच नपुग्दासम्म विकट क्षेत्रका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्न माग गरे ।
‘१० वर्षअघि ट्रयाक खुलेको नाग्मा गमगढी सडक अहिलेसम्म राम्रो बन्न सकेको छैन’ लामाले भने, ‘भरपर्दो स्वास्थ्य जाँच र सडक समेत नहुँदा बिरामीले ७ लाखमा बिरामीलाई हेलिकप्डर रिजर्भ गरेर सहरका अस्पतालमा पु¥याउँछन् । थाहा छैन ७ लाख तिरेर सहर देखेको बिरामी फेरि जन्मभूमि फर्कन पाउँछ कि पाउँदैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार