७ बर्षे नबालकले गोठ जलाएपछि….

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा ७ बषीय नबालले गोठमा आगो लगाई दिएका छन् । नबालकले खेलाएको लाइटरबाट सल्किएको आगोले घर र गोठ जलेको हो ।
गाउँपालिकाको वडा नं. ३ ढुंगानागाउँ स्थित हरीप्रसाद ढुंगानाको ७ वर्षिय नातीले घरमा कोही नभएको बेला लाईटर बाल्दै खेलाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगलागीबाट ढुंगानाको खरको छाना भएको गोठ र २ तले निर्माणाधिन घरको काठपात जल्दा २ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
प्रहरी निरिक्षक देवेन्द्र दासले दिएको जानकारी अनुसार विहिबार गोठबाट सल्किएको आगोबाट निर्माणाधिन घरमा समेत क्षति पुगेको हो । प्रहरी चौकी खानिभन्ज्याङबाट खटिएको टोली र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिएको र घटनामा कुनै मानवीय र पशुधनको भने क्षति भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार