विश्व पानी दिवसमा निःशुल्क पानी वितरण

काठमाडौँ (सार्वजनिक) । मार्च २२ अर्थात विश्व पानी दिवसको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क पानी वितरण गरेको छ । चोकचोकमा सडकयात्रुहरुलाई शुद्ध पानी निःशुल्क वितरण गरिएको हो ।

May be an image of 11 people, people standing and text that says 'संघ नेपाल पानी प्रशोधन व्यवसायी ASSOCIATION OF NEPAL WATER FILTER ENTREPRENEUR'S Pure water heality WORLD WATER DAY 2023 2MARCH WORLD प्भातफेरी कार्यक्रम WATER DAY 2023 Accelerating Change'
उपत्यकाका २३ स्थानमा पानी प्रशोधन व्यवसायी संघ नेपालले निःशुल्क पिउने पानी वितरण गरेको व्यवसायी आकेश शेर्पाले जानकारी दिनुभयो ।
हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसमा शुद्ध पानीको महत्व बुझाउन प्रभातफेरी समेत आयोजना गरिएको शेर्पाको भनाइ छ । प्रभातफेरी माइतीघर मण्डलादेखि रत्नपार्क हुँदै पुलिस क्लबसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

May be an image of 3 people, people standing and road
‘दुषित पानीकै कारण अनेक रोग लाग्ने भएकाले शुद्ध पानी पिउनुपर्छ’ व्यवसायी शेर्पाले भन्नुभयो, ‘प्रदूषित पानीको महामारी छ । यसले स्वास्थ्य त बिगारेको छ नै, सानो असावधानीका कारण ठूलो धनराशी पनि गुमाउनु परेको छ ।’

May be an image of 1 person, standing and text that says 'पानी प्रशोधन व्यवसायी संघ नेपाल WATER FILTER ENTREPRENEUR'S ASSOCIATION OF NEPAL Pure water healthy life चौंथो वार्षिक साधारणसभा तथा बनमो नन कार्यक्रम तपेश्वर, वडिखेल, गोदावरी 001/१२/8गते'
दिवसकै अवसरमा राजधानीको बेबिलोन इन्टरनेसनल स्कूलमा पानी सम्बन्धी चित्रकला पनि आयोजना गरिएको संघका महासचिव विराज आचार्यले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार