राजीनामा दिने मुडमा मन्त्री लिम्बु

विराटनगर (सार्वजनिक) । प्रदेश नम्बर १ को नामाकरणका विषयमा असन्तुष्ट बनेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले राजीनाम दिने भएकी छिन् । प्रदेशसभामा सरकारले आफूलाई थाहै नदिई नामाकरणको प्रस्ताव अघि बढाएको भन्दै लिम्बुले सरकार छाड्ने मनस्थिती बनाएकी हुन् ।
प्रदेशसभामा नामका विषयमा धारण राख्ने क्रममा आफूलाई बलिको बोको बनाएको भन्दै रुँदै संवोधन गरेकी लिम्बुले पहिचान विरोधी नामाकरणको विरुद्धमा राजीनामा दिन लागेको निकटतस्थ स्रोतले जनाएको छ । जनता समाजवादी पार्टीबाट प्रदेशका एक मात्रै सांसद लिम्बु सरकार निर्माण र विघटन गर्न निर्णयाक भूमिकामा छन् । यस विषयमा जसपाले आधिकारिक धारण भने सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार