हिन्दु राष्ट्र स्थापना गर्ने दिवा सपना नदेख्न चेतावनी

ओखलढुंगा (सार्वजनिक) । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लाक्पा शेर्पाले ‘हिन्दु राष्ट्र स्थापना दिवा सपना मात्रै’ रहेको बताउनुभएको छ । ओखलढुंगा जिल्लाको चिसंखुगढी गाउँपालिका ४ स्थित मेन्दोक छोलिङ गुम्बाको उद्घाटनमा शेर्पाले यस्तो बताउनु भएको हो ।
‘विचार, सिद्धान्त र राजनैतिक गतिहीन भएकाहरुले आफ्नो राजनैतिक विरासत जोगाउन र स्वार्थसिद्ध गर्न सर्वसाधारण माझ धर्म सापेक्षताको भ्रम फैलाइरहेको’ बताउँनु हुँदै नेपाल शेर्पा संघका केन्द्रीय महासचिव समेत रहनु भएका शेर्पाले ‘यस्तो भ्रमलाई चिर्न र यसका विरुद्धमा सचेत नागरिकले आन्दोलन तथा प्रतिवाद गर्ने खाले अभियान सञ्चालन गर्नुपर्नेमा’ जोड दिनुभयो ।
धर्मको बारेमा निर्णय गर्ने अधिकार व्यक्तिमा निहित हुनुपर्ने बताउँदै केन्द्रीय सदस्य शेर्पाले राष्ट्रको कुनै जात, धर्म नहुने दाबी गर्नुभयो । ‘२१ औं शताब्दीको उत्ताद्र्धमा पनि मुलुकलाई कुनै निश्चित् एक धर्मको हुनुपर्छ भन्ने गलत मानसिकताका विरुद्धमा युवाहरुले अभियान सञ्चालन गर्नुपर्नेमा’ जोड दिनुहुँदै केन्द्रीय सदस्य शेर्पाले इतिहासमा सिमित भएका राजसंस्थालाई जोडेर केही व्यक्तिहरुले मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अघि बढाइरहेको ठोकुवा गर्नुभयो ।
केन्द्रीय सदस्य शेर्पाले ‘एमालेका दुर्गा प्रसाई, कांग्रेसका शसांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गर्दा त्यसपार्टी भित्रका अन्य धार्मिक समुदायका सदस्यहरु टुलटुलु हेरेर वस्ने गरेको’ आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार