ओखलढुंगामा प्रदीप सुनुवारले राजनीतिमा जिउँदै सहिद बनाएका नेताहरु

ओखलढुंगा कांग्रेसका नेता प्रदीप सुनुवार राजनीतिका माहिर खेलाडी हुन् । २ कार्यकाल पार्टीको जिल्ला सभापति बनेका उनी वर्तमान केन्द्रीय सदस्य छन् । उनको राजनीति जातियतामा केन्द्रीत र व्यक्तिवादी छ ।

शेर्पा जातीलाई खिजीदेम्बाबाट परास्त गर्नुपर्छ भनेर स्थानीय निर्वाचनमा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा अहिले चर्चामा छ । स्वतन्त्रलाई फकाउन बोलेको भाषा उनलाई आफ्नो चुनावमा आउँदा निकै महंगो पर्ने देखियो ।

प्रदीप सुनुवारले स्थानीय निर्वाचनमा खिजीदेम्बामा शेर्पा हराउन चाहान्थे तर गम्बु शेर्पाले जिते । उनको शेर्पा परास्त गर्ने योजना फेलखायो ।
खिजीदेम्बा गाउँपालिकामा उनले आफ्नै पार्टीका भुपेन्द्र बस्नेतलाई पनि अन्तरघात गरेर हराएको आरोप छ । बस्नेतलाई पार्टीको उपसभापतिको उम्मेदवार बनाएर पराजित गराएका थिए । लगातार २ वटा हार व्यहोरेका बस्नेत राजनीतिमा उठ्नै नसक्नेगरि थला परेका छन् ।
गत बैशाखकै स्थानीय निर्वाचनमा मोलुङ गाउँपालिकामा कांग्रेसका उम्मेदवार हराउन सुनुवार सकृय भए । आफ्नो पार्टीका उम्मेदवार राजन दाहाललाई जसरी पनि हराउनुपर्ने निर्देशन नै जारी गरेका थिए । नभन्दै त्यहाँ कांग्रेस हार्यो । माओवादीसँग गठबन्धन गरेको भएपनि कांग्रेस-माओवादीका अध्यक्ष उपाध्यक्ष दुवै उम्मेदवार पराजित भए ।

मोलुङमा आफ्नै पार्टी हराउन प्रदीप सुनुवार लाग्नुको कारण बाहुन त्यसमा पनि रामपुरे बाहुन भएकाले जसरी पनि हराउने उनको योजना थियो । रामपुरका बाहुन समुदायका कुनै नेतालाई कांग्रेसमा प्रदीपले अघि बढ्न दिएका छैनन् । २०६४ र २०७० को निर्वाचनमा बालकृष्ण दाहाल उम्मेदवार थिए तर जित्न सकेनन् । कांग्रेसको गढ खिजीबाटै दाहाललाई कम मत झर्यो । २०७० मा एमालेका यज्ञराज सुनुवारले जिते । त्यो बेला बालकृष्ण हराउन प्रदीप सकृय भएको आरोप लागेको थियो ।

प्रजातन्त्र सेनानी, सहीदपुत्र बालकृष्ण दाहाल २ पटक सभापतिका उम्मेदवार भए तर पार्टीका आन्तरिक चुनावमा पनि सुनुवारले दाहाललाई कहिल्यै जित्न दिएनन् ।

२०७४ को निर्वाचनमा कांग्रेसका प्रभावशाली युवा नेता लिला दाहाल काकाले ओखलढुंगा `क´बाट प्रदेशमा टिकट पाइसकेका थिए । उनले चुनाव जित्ने सम्भावना पनि थियो । रामपुरको अर्को बाहुनले अवसर पाउने निश्चित भएपछि प्रदीप सुनुवार नै लागेर लिलाको टिकट खोसेर कमजोर नेता मित्रसेन दाहाललाई थमाए र उनलाई पनि हराइदिए । रामपुरे बाहुन सक्ने उनको खेलो त्यतिमा रोकिएन ट्रेड युनियन कांग्रेसका अध्यक्ष भइसकेका प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र खिलानाथ दाहाललाई देउवा खेमाबाटै आउट गराए र केन्द्रिय सदस्य बन्नबाट रोके ।
यसअघि पूर्वमन्त्री तथा प्रभावशाली नेता होमनाथ दाहाललाई सुनुवारकै नेतृत्वमा पार्टीको आन्तरिक चुनावमा वडामै हराएका थिए ।

तत्कालीन पार्टी सभापति रहेका सुनुवार आफैं लागेर २०७४ को स्थानीय निर्वाचनमा चिशंखुगढीमा कांग्रेसका उम्मेदवार टेकराज भटराईलाई हराए । ५ वर्षपछि गत बैशाखमा जिल्ला समन्वय समिति सभापति बनाउने आश्वास दिएर भटराईलाई वडा सदस्यको उम्मेदवार बनाएर त्यहिँ सदस्यमा थन्काइदिए । समन्वय समितिको सभापति त होइन सदस्य पनि बन्न दिएनन् ।

प्रदीप सुनुवार २ कार्यकाल सभापति हुँदा पार्टीभित्र विभेद र निषेधको राजनीति बढी गरेकैकारण कांग्रेको गढ ओखलढुंगामा कम्युनिष्ठले चुनाव जित्ने परिस्थिति आएको एक कांग्रेस नेता बताउँछन् । आफुलाई पनि सुनुवारले कहिल्यै राजनितीमा उँभो लाग्न नदिएको कांग्रेसभित्रकै कार्यकर्ताको दुखेसो छ ।

राजनीतिमा व्यापक सम्भावना बोकेका ज्ञानेन्द्र रुम्दालीलाई जिल्लामा उनै सुनुवारले अघि बढ्न दिएनन् । प्रदीप प्रवृत्तिले कांग्रेस भित्रको विधि हराएको भन्दै विद्रोह गरेका रुम्दालीलाई गत चुनावमा पार्टीले टिकट दिएपनि प्रदीप सुनुवारले रुख चिन्हबाट लड्न दिएनन् । जिल्ला कार्यसमितिबाट उपसभापति कमल तामाङको पहलमा रुम्दाली विरुध्दको कारबाही फुकुवा गर्ने सिफारिस गरेपनि सुनुवारले केन्द्रबाट फुकुवा हुन दिएनन् र रुम्दाली स्वतन्त्र उम्मेदवार बनेर धारा चिन्हबाट चुनाव जिते । कांग्रेसले स्विकारेपनि रुम्दालीलाई सुनुवारले नस्विकार्दा अझै कारबाही फुकुवा भएको छैन ।

ओखलढुंगा कांग्रेसभित्र सम्भावित प्रतिस्पर्धी र भनेको नमान्ने जतिलाई सकेर प्रदीप सुनुवार एकछत्र राज गर्न चाहन्छन् । यसपटक पार्टीको अधिवेशनमा रामहरि खतिवडालाई हराएर आफु मात्रै केन्द्रीय सदस्य हुन चाहान्थे तर खतिवडाको लोकप्रियताका अघि सुनुवारको कसरतको केही चलेन ।

मंसिर ४ को निर्वाचनमा पनि खतिवडालाई नदिइ आफुले टिकट लिन सुनुवारले अन्तिम कसरत गरे । उम्मेदवारी दर्ताका दिन सम्म टिकटमा विवाद हुँदा खतिवडा मनोनयनका लागि जिल्ला पुग्न सकेनन् ।

२०७४ को निर्वाचनमा सुनुवारकै असहयोगले खतिवडाले हारव्यहोर्नु परेको कांग्रेसवृत्तमा चर्चा हुनेगरेको छ । यसपटक पनि खतिवडा हराउने रणनितीमा सुनुवार छन् ।
रामहरिले चुनावजिते मन्त्री बन्ने र अझ प्रभाव बनाउने भएकाले उनलाई रोकेर आफुअघि बढ्न आफैंले आफैंलाई मुख्यमन्त्रीको कार्ड फालेका छन् तर उनले धोका दिएका नेताहरु यो चुनावमा झोँक फेर्ने दाउमा छन् ।

अघिल्लो चुनावमा प्रदेश ख का उम्मेदवार सुनुवार आफैंले धोका दिएका कार्यकर्ताको असहयोगले नै पराजित भएका थिए ।

सुनुवारमाथी जिल्लामा लामो समय जिविसमा दलिय प्रतिनिधिहुँदा सेटिङमा काम गरेको, चुनावमा आफ्नै कार्यकर्तासँग मोटो रकम लिएर टिकट बेचेको, विपक्षीसँग रकम लिएर आफ्ना पार्टीका उम्मेदवार हराएको, पार्टी भित्र निकटहरुलाई मात्रै अवसर दिएको, शेर्पा समुदायप्रति पटक पटक आपतिजनक अभिव्यक्ति दिएकोजस्ता आरोप लाग्ने गरेका छन् ।

शेर्पा संघले विज्ञप्ति नै जारी गरेर सुनुवारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

https://www.facebook.com/saina.sherpa.1/videos/811199876833534

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार