शेर्पाको अपमान र धुपौरेको रुवाबासी ।

हरिओम खतिवडा,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले भरखरैको स्थानीय तह निर्वाचनमा शेर्पा समुदायको घनघोर विरोध गरे । शेर्पालाई माथि उठ्न दिनु हुँदैन, हराउनुपर्छ, शिर उठ्न दिनु हुँदैन भनेर उनले अभियान नै चलाए । स्वतन्त्र उम्मेदवार बन्न रुचाएका अमृत खड्कालाई धम्क्याउँदै शेर्पाको विरुद्धमा लाग्न, जाग्न भने ।

अमृतमा राजनैतिक चेत थियो । उनले सुनुवारको धम्कीबाट कतिपय विचलित नभई सत्यताको बाटो रोजे अनि खुलाए सुनुवारको कर्तुत ।

 

कांग्रेसका प्रदेश नम्बर क का उम्मेदवार प्रदीप सुनुवारले शेर्पालाई हराउनुपर्छ भनेर दिएको अभिव्यक्ति ।

जातीय रुपमा विध्वंश मचाउन खोज्ने अराजक सुनुवारको व्यवहारबाट आजित भएका खिजीफलाटे र आसपासका वासिन्दले उन्मूक्ति खोजेका थिए । त्यसक्षेत्रमा पुस्तेनी राजनीतिक धाउपेजबाट शासन चलाए । एकछत्र तीन पुस्तासम्म राज्य चलाएका प्रदीप र तिनका आसेपासेहरुको प्रपञ्च दुनियाँले बुझे । कतिपयले अलि अघि नै बुझेका थिए तर मुख खोल्ने सहास गरेका थिएनन् ।

राजनीतिमा होमिएका सुनुवार सर्वदलीय संयन्त्रमार्फत लामो समय जिल्ला विकास समितिमा हालिमुहाली गरे । सर्बदलीय अर्थात मुलत ५ दल वसेपछि सबै निर्णय गर्ने संस्कारमा राजनैतिक संक्रमण कालको फाइदा उठाए । जिल्लाको आम नागरिको जिवनयापनमा खास सुधार केही गर्न सकेन । खाली व्यक्तिवाद हावी गरे र आफ्नोलाई व्यवस्थापन गरे । फलताः जिल्लाले विकासमा फड्को मार्न सकेन, शिक्षा, स्वास्थ्य, सुरक्षा, पर्यटन, पूर्वाधार जस्ता कुरामा जिल्लापछि नै परि रहे ।

खिजीफलाटेमा तत्कालिन गाविस अध्यक्ष जित्नका लागि शेर्पाको नै मूख्य भूमिका थियो । आफ्नै समुदायको लाक्पा गेल्बु शेर्पालाई हराएर शेर्पाहरुले प्रदीपलाई जिताए । त्यसकै साँवाव्याज स्वरुप प्रदीपले शेर्पा हराउनुपर्छ, जिताउनु हुँदैन, अघि बढ्न दिनु हुँदैन भनेर चुक्ता गरे । त्यसबेला प्रदीपका लागि भनेर दिलो ज्यान दिनेहरु डाँडामाथिका घाम भएका छन् । तर, पनि प्रदीपको त्यो अभिव्यक्ति सुनेपछि आफ्नै बुढो टाउको भित्तामा ठोकाएर पश्चताप गर्दैछन् र भन्छन् ‘साँपलाई दुध विलाएर बचाएछु ।’

सुनुवारको अभिव्यक्तिको विरोध गर्दै नेपाल शेर्पा संघ ओखलढुंगाले जारी गरेको विज्ञप्ति

May be an image of text

नेपाली कांग्रेसकै तेह्रौं महाधिवेशनमा शेर्पाकै राशनपानीमा सुनुवारले सभापति दोहोर्याउने मौका पाएका थिए । त्यसवेला सभापतिमा सुनुवारलाई जिताउन देशविदेशबाट शेर्पा समुदायबाट नै आर्थिक रुपमा योगदान गरेका हुन् । भौतिक रुपमा अहोरात्र खट्ने र १५ लाख भन्दा बढी नगद जिल्लामै कार्यकर्ता पालनपोशनका लागि खर्चिने शेर्पा नेताहरुपनि यही मैदानमा छन् । यो सबै प्रदीप सुनुवारलाई सभापति बनाउनका लागि गरेको हुँ ती नेता भन्छन् तर अहिले हामीलाई सानो अवसर खोज्दापनि अघि बढ्न दिँइदैन उल्टै समुदायको विरोध गरेर हिडँछन् ।

राजनैतिक रुपमा व्यक्तित्व बनाएपनि जिल्लाको विकास तथा आम नागरिको हितमा खास योगदान नदिएका सुनुवारको तत्कालिन अवस्थामा कर्मचारी सरुवा लगायतका कारण पृष्ठभूमि निर्माण भएको हो । राजनीतिमा कुटिल खेलाडी मान्ने सुनुवार ‘जसको जौ खानु उसैको जुँगा मोड्नु’ भन्ने उखानका पर्याय जस्तै हुन् ।

आखिर जे जे भएपनि सुनुवार यस पटक प्रदेशसभाका लागि दोस्रो पटक उम्मेदवार बनेका छन् । उनको हर्कत र राजनैतिक वेइमानीको इतिहासले मूल्यांकन गर्ला । यस संघारमा वेइमानीलाई इमानीको पाठ घोकाउन एक पटक हार चिनाउनु जरुरी छ । त्यो पनि तपाई हाम्रै एक इमानी प्रतिरोधी मतबाट ।

आफ्नै जाति विरुद्ध धावा बोल्दा संस्थाको नियम विपरित सचिव शेरसांगे शेर्पाले आफूखुसी निकाल्नेको विज्ञप्ति

May be an image of text

आफ्नै जाति विरुद्ध धावा बोल्दा संस्थाका सचिव शेरसांगे शेर्पाले सुनुवारका धुपौरे बनेका छन् । उनले समुदायकै विरुद्ध बोल्नेको पक्ष लिँदै विज्ञप्ति जारी गरेका छन् । उनलाई संस्थाले कार्वाही गर्ने तयारी गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार