ओखलढुंगाबाट जसपाले गर्‍यो उम्मेदवार सिफारिस

काठमाडौं : जनता समाजवादी पार्टी ओखलढुंगाले आगामी संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । संघतर्फ केन्द्रीय सदस्य जुद्धबहादुर राईलाई उम्मेदवार बनाउने गरी प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश क. खेमराज खड्का र नवराज गुरुङ र प्रदेश ख. प्रभुराम श्रेष्ठ र दीपेन्द्र रुम्दालीलाई उम्मेदवार सिफासिरस गरीएको जिल्ला सचिव पासाङ निमा शेर्पाले जानकारी दिए । जसपाको शनिबार सम्पन्न वैठकले संघ समानुपातिकतर्फ केन्द्रीय सदस्य जानुका राई, अञ्जु श्रेष्ठ, नेत्रबहादुर नेम्बाङ, धीरेन्द्र रुम्दाली, शान्त बहादुर घतानी प्रदीप, रामकृष्ण मगर र प्रकाश तामाङलाई सिफारिस गरेको छ ।

यसैगरी, प्रदेश समानुपातिकतर्फ आङछेपाल शेर्पा, दीर्गमान तामाङ, छिरिङदोर्जे शेर्पा, केशव रम्तेल, निमा शेर्पा, स्विटी कुमारी साह, टेक कुमारी राई, मान कुमारी तामाङ, योगमाया राई र खडानन्द तिमिल्सिनाको नाम पठाइएको जनाइएको छ ।

आइतबार जारी विज्ञप्तिमा गठवन्धनबाट साझा उम्मेदवार तयार गर्ने प्रयास भइरहँदा ओखलढुंगामा आफुहरुको पनि सशक्त दाबी रहने र सहमति हुन नसके एकल रुपमा पनि निर्वाचनमा भाग लिन उम्मेदवार तय गरेको बताइएको छ ।

ढाक्रे २०७४ र २०७० मा पनि संघको निर्वाचनमा उम्मेदवार बनेका थिए । दुवै निर्वाचनमा चौथो र तेस्रो स्थानको मत प्राप्त गरेका थिए । जिल्ला अध्यक्ष खेमराज खड्काले पछिल्लो स्थानीय तहको निर्वाचनमा खिजीदेम्बामा पार्टीले जित निकालेको र मानेभञ्ज्याङ, चिशंखुगढी र सुनकोसी गाउँपालिका लगायतमा संगठन बलियो रहेकाले प्रदेश तथा संघमा आफूहरुले गठवन्धनभित्रै पनि दाबी गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार