राप्रपालाई तत्काल तीर चुनाव चिह्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको हो ।

यसअघि राप्रपाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै थापाले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

मल्लको इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार