केन्यासँगको पहिलो टी-२० मा ५ विकेटले नेपाल विजयी

काठमाडौं : केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । बिहिबार नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे । यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे । नेपालले टी–ट्वेन्टी सिरिजपछि भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ । सोमबार नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि केन्या प्रस्थान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार