आयोगले गठबन्धन चिन्दैन, उम्मेदवार नभएका ठाउँमा चिन्ह हुँदैन : आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलको गठबन्धनलाई नचिन्ने बताएको छ । आइतबार आयोगले सम्पादकहरुसँग भएको छलफलमा यस्तो बताएको हो ।

आयोगले उम्मेदवार नउठाएका ठाउँका मतपत्रमा त्यस पार्टीको चुनाव चिन्ह पनि नरहने प्रष्ट पारेको छ । सम्पादकहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका लागि सेवानिवृत्त सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राख्न पनि सरकारलाई सुझाव दिए ।

उनले भने,‘सुरक्षाको सन्दर्भमा हामीसँग पनि उच्चस्तरीय सुरक्षा संयन्त्र छ, हामीले प्रष्ट के भनेका छौँ भने सेवानिवृत्त सुरक्षाकर्मीलाई त्यहाँ लगाउँ, उसलाई जुन पदबाट निवृत्त भएको छ, त्यही पद बराबरको तलब सुविधा दिऔँ, ऊसँग हिजो त ड्रेस थियो, त्यही ड्रेस लगाएर आउने र ड्रेसको खर्च घटाऔँ ।’

उनले इलेक्ट्रिक भोटिङ सिस्टम र अनलाइन भोटिङ सिस्टम लागू गर्ने हो भने अब बन्ने कानुनमा आउने निर्वाचन इभिएममार्फत गरिनेछ भन्ने दफा राखेर जानुको विकल्प नरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार