प्रचण्डले भने : चितवन–३ बाटै चुनाव लड्छु, प्रधानमन्त्री बन्ने दौडमा छैन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।

प्रचण्डले जापानमा रहेका नेपाली पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले भने,‘विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने छु,मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु ।’

उनले देशको केन्द्रविन्दुमा रहेको र विकासको तीब्र गतिमा जाने सम्भवना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको तर्क गरे । त्यस्तै,उनले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार