कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन सुरु

काठमाडौं : चलचित्र विकास बोर्डले पोखराको कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन थालेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले शनिबार ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गरेको हो ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको जानकारी दिए । शाह वंशको उद्गमस्थल मानिने कास्कीकोटाबाट हिमशृंखला, फेवाताल र पोखरा दृश्य देख्न सकिन्छ । एक दशकअघि कास्कीकै अस्ताममा ‘फिल्म सिटी’ बनाउने योजना बोर्डले ल्याएको भए पनि स्थानीयकै अवरोधले काम  रोकिएको थियो ।

उनले चलचित्रको लागि कथा खोजी गर्ने अभियान ‘आफ्नो कथा, आफ्नो सिनेमा’ को सुरुआत गर्दै उनले पोखरा प्राकृतिक स्टुडियो भएकोले पनि स्थायी रुपमा फिल्म स्टुडियो आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार