ओखलढुंगाका २२३५ जना एसइई परीक्षामा उर्तीण,सर्वोत्कृष्ट भइन् सुस्मिता

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ओखलढुंगाका ११ जना विद्यार्थीहरूले ३.६ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस पटकको एसइईको नजिता अनुसार ओखलढुंगाका २२ सय ३५ जना परीक्षार्थीहरू उत्तीर्ण भएका छन् ।

जसमध्ये ११ जनाले ए प्लस अर्थात ३ दशमलव ६ देखि ४ जिपिए ल्याएका हुन् । शिक्षास त विकाथा समन्वय इकाई ओखलढुंगाका अनुसार जिल्लामा यो वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या १ सय ७५ छ भने १ सय ५२ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याएका छन् ।

यस्तै,१ हजार ३१ जनाले २.४ देखि २.८ जिपिए तथा ६ सय ७४ जनाले २ देखि २.४ जिपिए ल्याएकाे जनाइएकाे छ । १.६ देखि २ जिपिए ल्याउनेको संख्या १ सय ५९ छ भने १.२ देखि १.६ जिपिए ल्याउनेको संख्या ३३ जना रहेका छन् । जिल्लामा अघिल्लो वर्षको तुलनामा उतीर्ण हुने विद्यार्थीहरुको संख्या केही कम रहेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख नेत्र प्रसाद गजुरेलले जानकारी दिए ।

जिल्लाका २ सय ८४ जना विद्यार्थी भने परीक्षामा अनुपस्थित रहेको गजुरेलले जानकारी दिए । कालिका माध्यमिक विद्यालय सिस्नेरीकी छात्रा सुस्मिता राई यो वर्षको एसइईमा जिल्लाकै सर्वोत्कृष्ट भएकी छिन् । प्राविधिक धारतर्फ अध्ययन गरेकी राईले ३.७६ जिपिए प्राप्त गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाले जनाएको छ ।्र

सामुदायिक विद्यालयबाट साधारणधारतर्फ नर्मदेमश्वर मावि चप्लेटीका पियूष सुनुवारले उत्कृष्ट ३.६५ जिपिए ल्याएका छन् भने संस्थागततर्फ लालीगुराँस इंलिस स्कुलकी छात्रा बिनिता निरौलाले ३.७५ जिपिए प्राप्त गरेर उत्कष्ट भएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार