जिल्ला प्रशासन कार्यालय ओखलढुंगा अति उत्कृष्ट कार्यसम्पादनको सूचीमा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगा अति उत्कृष्ट कार्यसम्पादन सूचीमा परेको छ । गृह मन्त्रालय अन्तर्गत योजना अनुगमन तथा मूल्यांकन शाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ का लागि भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयनको अवस्थाको नतिजा अनुसार ओखलढुंगा २२ औँ स्थानमा परेको हो ।

विभिन्न ६८ वटा परिसूचकहरूमा भएको मूल्यांकनमा ओलखढुंगाले ९२.५ अंक ल्याएको हो । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु ३० औँ र खोटाङ ६६ औँ स्थानमा परेको छ । ९१.७५ अंक प्राप्त गरि सोलु प्रशासन अति उत्कृष्ट कार्य सम्पादनको सूचिमा परेको हो ।

खोटाङले ८४.७५ अंक ल्याएको छ । कार्य सम्पादनमा गुल्मी पहिलो र अर्घाखाँची प्रशासन दोस्रो बनेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद जोखिम न्यूनीकरण र मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्य सम्पादन मूल्यांकन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार