ओखलढुंगामा पाँच मतदान स्थल थप्न सिफारिस

काठमाडौं : ओलखढुंगाको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले थप ५ वटा मतदान स्थल थप गर्न सिफारिस गरेको छ ।

लिखु गाउँपालिकामा एउटा, मोलुङ र मानेभञ्ज्याङ गाउँपालिकामा दुई/दुई वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस पठाइएको हो । लिखु गाउँपालिका वडा-९ को लाम्राङ मावि पोकली, मोलुङ गाउँपालिका वडा-२ को गणेश मावि ढुस्के, वडा-७ मा वडा कार्यालय तालकोटमा मतदान स्थल थप गर्न सिफारिस गरेको सिफारिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

यसैगरी मानेभञ्ज्याङ गाउँपालिका वडा-६ मा महादेवस्थान मावि हिलेपानी र वडा-७ को हर्कपुर मावि हर्कपुरमा पनि मतदान स्थल थप गर्न सिफारिस गरिएको छ । भौगोलिक विकटताका कारण मतदाताहरुलाई घण्टौँसम्म हिड्नुपर्नेभएकाले मतदान स्थल थप गर्न सिफारिस गरिएको हो । स्थानीय तह निर्वाचनमा ७९ वटा मतदान स्थल र १ सय ५० वटा मतदान केन्द्र कायम गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार