मंसिर ४ गते हुने चुनावका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं : निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ ।

शुक्रवार बसेकाे आयोगको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो ।

निर्वाचन आयोगका अनुसार हालसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।

सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकिसकेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार