भ्वाइस अफ नेपाल सिजन ४ घोषणा,राजेश र प्रविशा नयाँ कोच

काठमाडौं : गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । बिहिबार राजधानीमा कार्यक्रमको चौथो सिजनको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ । राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोच भित्रिएका छन् ।

कार्यक्रममा निर्देशक लक्ष्मण पौडेलले नयाँ कोच आएसँगै कार्यक्रममा सहभागी हुने प्रतिस्पर्धीमा पनि विविधता आउने आशा गरेका छन् । उनका अनुसार डिजिटल अडिसनमा सहभागी ४१ हजार प्रतिस्पर्धीबाट १ सय २० प्रतिस्पर्धी ब्लाइन्ड अडिसनका लागि छनोट भइसकेका छन् । एक महिनाभित्रै नयाँ सिजनको प्रशारण थालिने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार