डेंगुकाे संक्रमण बढ्दै : ५९ जिल्लामा ६०४ बिरामी भेटिए

काठमाडौं : बर्खायाम लागेसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । हालसम्म ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ ।

महाशाखाका अनुसार जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ ।

रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू पाइएको छ । त्यस्तै, धादिङमा ५५, संखुवासभामा ३२, बर्दियामा २१ जना बिरामी देखिएका छन् ।

काठमाडौं उपत्यकामा पनि यो रोग फैलिएको छ । काठमाडौंमा ६१ र ललितपुरमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा ३ जना मात्र डेंगुका बिरामी भेटिएको ईडीसीडीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार