ओखलढुंगाको नापी कार्यालय खिजीफलाटे सुनसान

काठमाडौं : नापी कार्यालय खिजीफलाटे सुनसान बनेको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा रहेको नापी कार्यालय खिजीफलाटे सुनसान बनेको हो ।

नयाँ भूउपयोग नीति अनुसार जग्गा वर्गीकरण गरेपछि मात्र जग्गाको कारोबार हुने भएपछि अहिले कार्यालयमा सेवाग्राहीको उपस्थिति शून्य छ । अहिले जग्गाको नक्सां निकाल्ने तथा नक्सा ट्रेस गर्ने काम भइरहेको कार्यालय प्रमुख टेकबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार नापी कार्यालयले गत वर्ष ८६ हजार ३ सय ३० राजश्व संकलन गरेको छ ।

श्रेष्ठले  आर्थिक वर्ष २०७८/७९ मा फिल्ड उतार्ने शिर्षकबाट २५ हजार ६ सय ४०, नक्सा ट्रेसबाट ६१ हजार ९० रुपैँया गरी ८६ हजार ३ सय ३० राजश्व संकलन गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार