खोटाङमा ट्याक्टर चालक मृत फेला

काठमाडौं : खोटाङको दिक्तेलमा एक पुरुष मृत फेला परेका छन् । बिहिबार बिहान जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए । उनी खत्रीकै घरमा बस्दै आएको र उनकै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार