कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई भोट हाल्न दिने सरकारको तयारी

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने बताएका हुन् ।

बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियले भने, ‘यो विषयलाई आयोगले गम्भीरतापूवक लिएको छ, सम्भवत यो माग पूरा हुन्छ, हामी यसलाई व्यवस्थापन गर्ने तयारीमा छौं ।’ स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मी, कर्मचारी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार