मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको थियो ।

त्यही सहमतिअनुसार सरकारले चुनावको मिति घोषणा गरेको उनले जानकारी दिए । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गते समाप्त हुने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार