मंसिर ४ मा प्रदेश र संघको चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौं : सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ ।

प्रधानमन्त्री निवासमा बुधबार बसेको बैठकले यस्तो सहमति गरेको हो ।

एक नेताले बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको जानकारी दिए । ती नेताले भने,‘भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ,चुनावमा कसरी जाने भनेर छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बोलाइएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार