पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना,लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानमा एउटा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु भएको छ ।

द डनका अनुसार बलुचस्तान प्रान्तमा आएको बाढी पीडितको उद्धारमा खटिएको उक्त हेलिकप्टर सोमबार साँझ दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना परेको बताइएको छ । दुर्घटनामा लेफ्टिनेन्ट जर्नेल सर्फराज अली ६ जना अधिकृतहरूको मृत्यु भएको हो ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हेलिकप्टर दुर्घटनामा परी सैनिक अधिकारीहरूले ज्यान गुमाएको घटनाले राष्ट्र शोकमा परेको बताएका छन् । ‘उनीहरूले बाढीपीडितलाई राहत पुर्‍याउने पवित्र काम गरिहेका थिए,’ सरिफले ट्विट गर्दै भनेका छन्,‘मातृभूमिका यी सपुतप्रति हामी ऋणि हुनेछौं। मृतकका परिवारप्रति मेरो गहिरो सहानुभूति छ ।’

दुर्घटनामा परेको हेलिकप्टरको भग्नावशेष मंगलबार फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार