साढे २२ लाख रुपैयाँ घुससहित मन्त्रालयका उपसचिव पक्राउ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र मिलाइदिने भन्दै नगद ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आज साँझ नक्सालबाट रङ्गेहात समातिएको जानकारी दिए ।

सरकारी गाडीसहित होटल पुगेका नेपालको गाडी भित्रबाट थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद गरिएकाे भण्डारीले जानकारी दिए । उनका अनुसार नेपालमाथि थप अनुसन्धान भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार