ओखलढुंगामा गराए १८ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता

काठमाडौं ओखलढुंगा जिल्लामा १८ सय भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । हालसम्म १ हजार ८ सय ७३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ ।

हाल मतदाता परिचय पत्रका लागि नाम दर्ता गराउने काम चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन भएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कूल मतदाता १ लाख १७ हजार ८५ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार