लिखु नदीमा खसेर एक पुरुष बेपत्ता

काठमाडौं : ओखलढुंगा र रामेछाप जिल्लाको सिमानामा पर्ने लिखु नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । सिराह घर भएका अन्दाजी २५ वर्षीय गोपाल भनिने युवक मंगलबार दिउँसो बाटो छेउबाट चिप्लिएर नदीमा खसेर बेपत्ता भएका हुन् ।

खिजीदेम्बा गाउँपालिका – १ का वडा अध्यक्ष कुमार सुनुवारले ती युवकको स्थानीयहरुले खोजी कार्य गरिरहेको जानकारी दिए । स्थानीयले उनलाई चिप्लिएर नदीमा डुबेको देखेका थिए ।

ठाउँ विकट रहेकाले खोजी कार्य कठिन भएको बताइएको छ । ती युवक आफ्नो ससुराली रामेछापको उमाकुण्डमा हिडेको भनिएपनि पुष्टि हुन बाँकी रहेको र सोधखोज गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार