ओखलढुंगाका २३७ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

काठमाडौं : ओखलढुंगामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका २ सय ३७ जनाले निर्वाचन खर्च बुझाएका छन् । २ सय ३७ जनाले समयमै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जसमा अध्यक्षका उम्मेदवार १४ जना, उपाध्यक्षका उम्मेदवार ११ जना, वडा अध्यक्ष उम्मेदवार ५३ जनाले खर्च विवरण बुझाएको कम्प्यूटर अपरेटर रेजन श्रेष्ठले जानकारी दिए । यसैगरी महिला सदस्य ३९ जना, दलित महिला सदस्य ३२ जना, कार्यापालिका महिला सदस्य ३ जना, दलित अल्पसंख्याक कोटामा उम्मेद्वार बनेका ३ जनाले खर्च विवरण बुझाएका छन् ।

समन्वय समितिका ९ जनाले विवरण पेश गरेका हुन् । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने भएपनि ओखलढुंगाका १२ सय ४० जना उम्मेदवारमध्ये २ सय ३७ जनाले मात्र विवरण पेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार