शर्मा फेरी अर्थमन्त्री हुँदा ‘गोरु पनि लजायो ’ : ओली

काठमाडौं : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको बताएका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे । उनले भने,‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला ।’

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला शर्मामाथि जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप थियो । एमालेले चर्को विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो ।

शर्माले सोही दिन पदबाट राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर्‍याएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार