बुधबारदेखि मौसममा सुधार हुन्छ : मौसम विभाग

काठमाडौं : आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मौसम सुधार हुने बताए ।

उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । ‘यो क्रम बधुबारदेखि रोकिन्छ,’उनले भनिन्,‘अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।’

हाल देशका प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार