सिद्धिचरण नगरपालिकाले भन्यो : विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्नू

काठमाडौं : ओखलढुंगा जिल्लाकाे सिद्धिचरण नगरपालिकाले विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्न ताकेता गरेको छ । नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका कार्यअवधि समाप्त भएकाको पुनर्गठनका लागि निर्देशन दिएको हो ।

नगरपालिकाले शिक्षा शाखासँग समन्वय गरी नगरपालिकाको शिक्षा नियमावली अनुसार अविलम्ब विद्यालय व्यवस्थापन समिति गठन गर्न भनेको छ । नगरपालिकाको सूचनालाई बेवास्ता गरी पदावधि सकिएर पनि विद्यालय व्यवस्थापन समिति गठन नगर्ने विद्यालयलाई नगरबाट दिइने सेवा सुविधाबाट बञ्चित गराउने चेतावनी दिइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले म्याद सकिएका र प्रक्रिया नपुगि गठन भएका विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावलीले व्यवस्थापन गरेको नियम अनुसार गठन गर्न सबै शिक्षा विकास तथा समन्वय एकाईलाई जेठ महिनामै निर्देशन दिएको थियो ।

केन्द्रले म्याद समाप्त भएको र नियमानुसार गठन नभएको विद्यालय व्यवस्थापन समितिबाट हुने निर्णयहरू नियमसंगत नहुने भएकोले तोकिएको म्याद भित्र नै विद्यालय व्यवस्थापन समितिको गठन गर्ने व्यवस्था मिलाउनु  भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार