उदयपुरमा बस दुर्घटना,ओखलढुंगाका ४ जनासहित १२ जना घाइते

काठमाडौं : सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बस सोमबार दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएको प्रहरीले जनाएको छ । सल्लेरीबाट विराटनगरका लागि छुटेको बा ३ ख २९५६ नम्बरको यात्रुबाहक बस उदयपुर कटारी नगरपालिका–४ मरुवा स्थित सिद्दिचरण राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उक्त दुर्घटनामा ओखलढुंगाका ४ जना परेका छन् । ओखलढुंगा सिद्दिचरण नगरपालिका–१ का ५० वर्षीय टेकराज कोइराला, ३२ वर्षीय युवराज कोइराला, वडा-३ का ३८ वर्षीय यादब कुमार दाहाल, मोलुङ गाउँपालिका–२ रामपुरका ३३ वर्षीय तेज प्रसाद नेपाल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा चालक मोरङको बिराटनगर महानगरपालिका-११ का ३० वर्षीय सरोज कुमार झा, पाँचथरको फिदिम नगरपालिका–५ का २४ वर्षीय भुपेन्द्र पोखरेल, उदयपुर कटारी नगरपालिका-४ का ३२ वर्षीय तेज कुमार राई, मोरंङ रंगेली नगरपालिका–७ का ६० वर्षीय खड्काबहादुर भुजेल, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का २५ वर्षीय संजिव राउत रहेका छन् । मोरङ कानेपोखरी नगरपालिका –७ की ६० वर्षीया गंगा देबी भुजेल, मोरङ कानेपोखरी नगरपालिका–७ का ३६ वर्षीया धनमाया भुजेल, सिन्धुली फिकल गाउपालिका–४ की ७० वर्षीय जित बहादुर बिसुङखे घाइते भएको प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिए ।

घाइतेमध्ये पाँचथरको फिदिम नगरपालिका–५ का २४ वर्षीय भुपेन्द्र पोखरेलको अवस्था गम्भिर रहेको छ । घाइतेहरु अधिकांशलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने सामान्य अवस्थाका घाइतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार