ओखलढुंगामा सकियो ९४ प्रतिशत धान रोपाई

काठमाडौं : ओखलढुंगामा ९४ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्रकी बागवानी विकास अधिकृत मुना बस्नेतले आइतबारसम्म ९४ प्रतिशत धान रोपाई सकिएको जानकारी दिइन् ।

उनले बाँकी ठाउँमा अहिले पनि धमाधम धान रोपाई भइरहेको पनि बताइन् । जिल्लामा ६ हजार दुई सय ५० हेक्टरमा धान खेती गरिदै आएको छ ।

जिल्लाको मोलुङ खोला किनार आसपासका क्षेत्र, हर्कपुर जरायोटार, रामपुर, टारकेराबारी, टोक्सेल, कुइभिर, लिखुनदी किनार आसपासका क्षेत्र गाम्नाङटार, शेराबेंसी र सिल्खुबेंसी मुख्य धान खेती गरिने क्षेत्र हुन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार