प्रदेश खेलकुदलाई कर्मचारी दिने राखेप बोर्डको निर्णय

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले परिषद् अन्तर्गत रहेका कर्मचारीलाई प्रदेश खेलकुद मातहात रहने गरि काम गराउने निर्णय गरेको छ । आइतबार बसेको परिषदको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरि काम गराउने बैठकले निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार राखेपको पछिल्लो निर्णयले परिषद् अन्तर्गतका कर्मचारीलाई प्रदेश खेलकुद परिषद्ले काम लगाउन बाटो खुलेको छ । यसअघि थिएन् ।

त्यसैले प्रदेश खेलकुद विकास परिषद्का कार्यकारी प्रमुखले संघीय सरकारको मन्त्रालय र राखेपसँग कर्मचारी समायोजनमा जोड दिदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार