रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा प्रियंका अनुबन्धित

काठमाडौं :  ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की जोडिएकी छन् ।

निर्देशक गुरुङले प्रमुख भूमिकाको लागि कार्की अनुबन्धित भइसकेको जानकारी दिए ।

उनका अनुसार दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् ।

भदौ १३ गतेदेखि छायांकन सुरु हुने फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनाल पनि जोडिने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार