भूकम्पले खोटाङको साकेला गाउँपालिकामा २५ भन्दा बढी घर क्षति

काठमाडौं : खोटाङको साकेला गाउँपालिकामा भुकम्पले २५ भन्दा बढी घरमा क्षति पुगेको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले पछिल्लो जानकारी अनुसार २५ देखि ३० वटा घरमा क्षति पुगेको जानकारी दिए ।

यसैगरी हलेसी तुवाचुङ नगरपालिकामा-५ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण अध्यावधिक गरीरहेको सेढाईले बताए ।
‘कुनै मानवीय तथा पशुचौपाय क्षतिको विवरण आएको छैन,सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी विपद्पछि उद्धार तथा राहातका लागि सबै निकाय तयारी अवस्थामा छौँ,’उनले भने ।

खोटाङसँगै ओखलढुगां आसपासका जिल्ला साथै काठमाडौं उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो । खाटोङको साकेला गाउँपालिका वडा-५ मात्तिम केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार