एमाले इन्चार्जको जिम्मेवारी बाँडफाड,को कहाँका इन्चार्ज ?

काठमाडौं : नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले संयन्त्र, सचिवालय, विभाग तथा पालिका इन्चार्जको जिम्मेवारी बाँडफाड गरेको छ । सम्पर्क मञ्चको बैठकले ७ सदस्यीय संयन्त्र गठन गरेको हो । संयन्त्रको सदस्यमा सूर्य बहादुर गुरुङ, विनोद राई, रमेश कुमार खड्का, यमु दाहाल, दिपक दाहाल, शेरबहादुर गुरुङ र निराजन खतिवडा रहेका छन् ।

शनिबार नै ६ सदस्यीय मञ्चको सचिवालय गठन भएको इन्चार्ज राजेन्द्र गुरुङले जानकारी दिए । सचिवालयमा मोलुङबाट डिल्लीराम दाहाल, लिखुबाट यसोदा गौतम, मानेभञ्ज्याङबाट देश बहादुर राई, सिद्धिचरण नगरपालिकाबाट अनुज श्रेष्ठ, चम्पादेवीबाट यज्ञ बराल, र खिजीदेम्बाबाट निर्मल श्रेष्ठ रहेका छन् ।

मञ्चमा रहेको पार्टी स्कुल विभागको जिम्मेवारी सुर्यबहादुर गुरुङ, विपद व्यवस्थापन तथा स्वयंमसेवक प्रमुखमा विनोद राईलाई दिने बैठकले निर्णय गरेको छ । महिला विभागका प्रमुख संगिता कार्की, उपप्रमुखमा भक्त कुमारी न्यौपाने र लक्ष्मी राई, संगठन विभाग प्रमुखमा रमेशकुमार खड्का, प्रचारप्रसार तथा प्रकाशन विभागमा यमु दाहाल, उप्रमुखमा डिल्लीराम दाहाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै,आर्थिक विभागमा दिपक दाहाल, उपप्रमुखमा रवि श्रेष्ठ, कानुन तथा न्याय विभाग प्रमुखमा सफलता विश्वकर्माले जिम्मेवारी पाएका छन् । शहकारी तथा गरिबी निवारण विभाग प्रमुख शेरबहादुर गुरुङ रहेका छन् ।

सामाजिक सेवा विभागमा प्रमुख यज्ञ बराल, उपप्रमुख अविन जेरो, युवा विद्यार्थी इन्चार्जमा निराजन खतिवडा, सहइन्चार्ज कुशल खतिवडा, शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा निर्मल श्रेष्ठ, उपप्रमुखमा अप्सरा श्रेष्ठ, उद्योग बाणिज्य तथा आुुर्ती विभाग प्रमुखमा कृष्ण बुढाथोकी, उपप्रमुखमा भवानी बास्तोला, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा ईश्वर भट्टराई रहेका छन् ।

बैठकले पालिकाको इन्चार्ज तथा सहइन्चार्जको तोकेको छ । जसअनुसार सिद्धिचरणमा अनुज श्रेष्ठ, चिशंखुगढीमा तेजप्रसाद निरौला, मोलुङमा शारदा नेपाल, खिजीदेम्बामा बुद्धिमान तामाङ, मानेभञ्ज्याङमा अनिता खड्का कार्की, सुनकोशीमा राजकुमार गिरी, चम्पादेविमा ईन्द्र थापा र लिखुमा रामुकमार बस्नेतलाई पालिका इन्चार्जको जिम्मेवारी दिएको सम्पर्कका मन्चका इन्चार्ज राजेन्द्र गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार