ओलीले भने : संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्य नहुने बताएका छन् ।

शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन कुनै हालतमा मान्न सकिदैन ।’

सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको उनको आरोप छ । ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने,यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ,’उनले भने ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको उक्त समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको शुक्रबार निष्कर्ष निकालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार