प्यूठानमा जीप दुर्घटना,१ जनाको मृत्यु

काठमाडौं : प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ उर्लाङमा आज दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिका-३ की ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

उनले घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको बताए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार