प्रचण्डले भने : कांग्रेसले हामीलाई दोस्रो बन्न सघाए मात्रै सब चिज सहज जान्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरु दोस्रो पार्टी बन्ने बताएका छन् ।

शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेसले नसघाए गठबन्धनमा समस्या आउने बताए ।

उनले भने,‘‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, सायद पहिलो पार्टी अहिले तपाइँहरु नै हुने देखियो, दोस्रो माओवादी केन्द्र नै हुने हो, त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ, होइन भने सहज जाँदैन।’

उनले यसमा नेतृत्व तहमा राम्रो समझदारी भएको भन्दै स्थानीय तहको जस्तो गडबड नहुनेमा ढुक्क हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार