बैतडीमा बन्चरो प्रयोग गरी बाबुको हत्या

काठमाडौं : प्रहरीले बुवाको हत्या गरेको आरोपमा शुक्रबार बैतडीमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका ५ शेराका २२ वर्षीय लोकराज जोशी रहेका छन् । लोकराजले उनका बुवा ६८ वर्षीय अन्तराम जोशीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ती युवकलाई आज घरबाटै नियन्त्रणमा लिइएको हो । लोकराजले बुवा अन्तरामलाई आज बिहान ६ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जाेशीले जानकारी दिए । पक्राउ परेका लोकराजविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्धा दर्ता भएर म्याद थप समेत भइसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार