सम्झनामाथि अनुसन्धान गर्न अदालतले गर्‍यो १० दिन म्याद थप

काठमाडौं : एक बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा-११ का ३८ वर्षीय सम्झना श्रेष्ठलाई म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले श्रेष्ठविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको हो ।

श्रेष्ठले गत साउन ७ गते दुई बालबालिकाबीच समान्य विवादहुँदा छिमेकीका १० वर्षीय बालकमाथि कुटपिट गरेको आरोप छ । पीडितकातर्फका हजुरबुबाले वुधबार जाहेरी दर्ता गरेलगत्तै श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।

कुटपिटपछि बारम्बार वान्ता गर्ने समस्या देखिएका बालकलाई सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको न्यूरो हस्पिटलमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएका छन् । आरोपित श्रेष्ठ सिद्धिचरण नगरपालिका अन्र्तगत स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार