खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त,पहाडी क्षेत्रमा सहजै सञ्चालन हुने

काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विशेष पहलमा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो । पहाडी क्षेत्रमा सहजै रुपमा सञ्चालन गर्न सकिने एम्बुलेन्स प्राप्त भएको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।

एम्बुलेन्स प्राप्त भएपछि उनले धन्यवाद ज्ञापन गरेका छन् । उनले भने,‘एम्बुलेन्स उपलब्ध गराइदिनु भएकोमा प्रदेश १ को माननीय स्वास्थ्यमन्त्री जयराम यादव ज्यूप्रति आभार प्रकट व्यक्त गर्दछु,साथै ट्रमा सेन्ट उर्लाबारी मोरङ हस्पिटल परिवारलाई धन्यवाद व्यक्त गर्दछौं।’

मदनभण्डारी मेमोरियल अस्पताल, ट्रमा सेन्टरले प्रयोग गर्दै आएको उक्त एम्बुलेन्स गाउँपालिकालाई उपहारस्वरुप प्रदान गरिएको प्रदेश स्वास्थ्य सचिव अनुप भट्टचनले जानकारी दिए । गाउँपालिकामा रहेका पुरानो एम्बुलेन्स मर्मत गर्न धेरै खर्च लाग्ने भएकाले नयाँ खरिद प्रक्रिया अगाडी बढाइएको थियो ।

नयाँ एम्बुलेन्स आइपुग्न ३ महिना भन्दा बढी समय लाग्ने भएपछि प्रदेश स्वास्थ्य मन्त्रीलाई एम्बुलेन्स माग गरेको अध्यक्ष शेर्पाले बताए । नयाँ एम्बुलेन्स खरिदका लागि पहिलो कार्यपालिका बैठकले १९ लाख भुक्तानी दिने समेत निर्णय गरी सकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार